Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ घाइते


लमजुङमा जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । ग १ ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका(२ मा दुर्घटना भएको हो । गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जपि दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको वैद्यले बताए । घटनास्थलमा प्रहरी भइरहेको र स्थानीयले घाइतेको उद्धार गरेको उनले जानकारी दिए ।

जिपमा १६ जना सवार थिए । मर्स्याङ्दी गाउँपालिका वडानम्बर ८ भुस्मे भन्ने ठाउँमा जीप पल्टिएको हो । मर्स्याङ्दी गाउँपालिका(८ को खुँदी सिमपानी भन्ने ठाउँबाट भुस्मेतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार