Logo
२ कार्तिक २०८३, सोमबार
|  Mon Oct 19 2026

कांग्रेस महाधिवेशनमा समाचार संकलनमा रोक लगाएपछि पत्रकार महासंघले निकाल्यो यस्तो विज्ञप्ति


कांग्रेस महाधिवेशनको समाचार संलकन गर्न गएका पत्रकारहरुमाथि भएको दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । सोमबार मतदानको फोटो खिच्न मतदान स्थल जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुर्व्यवहार गर्दै समाचार संकलनमा रोक लगाएका थिए।

पत्रकारलाई समाचार संकलनमा रोक लगाइनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादति भएको महासंघका महासचिव रोशन पुरीद्वारा विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ‚ ‘नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैंमा निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादति हो।’

महासंघ पत्रकारलाई निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार