Logo
११ आश्विन २०८३, आईतवार
|  Sun Sep 27 2026

सर्किट ब्रेक लागेपछि सेयर कारोबार बन्द


लगातार घटिरहेको सेयर बजारमा सातको तेस्रो दिन आज भारी अंकले उकालो लागेको छ। बजार खुलेको साढे २ घन्टा नहुँदै ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित भएको छ। बजार आज १ः२६ मिनेटमा ६ प्रतिशतले बढेको हो।

योसँगै बजार १३७.१८ अंकले उकालो लागेर नेप्से परिसूचक दुई हजार चार सय १८.८५ को विन्दुमा उक्लिएर बन्द भएको छ। कारोबार रकम पनि एक अर्ब ४६ करोड रुपैयाँको हाराहारीमा भएको छ।

आज नबिल बैंकको सर्वाधिक ९ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज एक सय ८८ वटा कम्पनीको सेयरमूल्य बढेको छ। आज ६० वटा कम्पनीको सेयरमूल्यमा १० प्रतिशत र १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

सेयर बजार खुलेको पहिलो घन्टामा ४ प्रतिशत घटेमा वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित गरिन्छ। यसैगरी दोस्रो घन्टामा ५ प्रतिशत बजार घटबढ गरेमा ४० मिनेटका लागि कारोबार स्थगित गरिन्छ भने तेस्रो घन्टामा ६ प्रतिशतले घटबढ भएमा यो दिनको बाँकी कारोबार स्थगित गरिनेछ।


प्रतिक्रिया दिनुहोस !
विचार