Logo
२ कार्तिक २०८३, आईतवार
|  Mon Oct 19 2026

सगरमाथा राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको सङ्ख्या २६ प्रतिशतले बढ्यो


सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या करिब २६ प्रतिशतले वृद्धि भएको छ । निकुञ्जमा करिब ३ महिना अघि गरिएको सर्वेक्षणको प्रारम्भिक रिपोर्ट अनुसार आर्थिक वर्ष २०७३-०७४ को भन्दा अहिले २६ प्रतिशतले हिउँ चितुवाको सङ्ख्यामा वृद्धि भएको पाइएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार ०७३-०७४ को सर्वेक्षणमा २२२ वटा हिउँ चितुवा रहेको थियो तर करिब तीन महिना अघिको गरिएको सर्वेक्षणमा तीन सय वटाभन्दा बढी रहेको देखिएको छ । तर, गणनाको अन्तिम रिपोर्ट आउन भने बाँकी रहेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

साथै निकुञ्जमा झारलको सङ्ख्यामा समेत उल्लेख्य रुपमा वृद्धि भएको अनुमान गरिएको छ । करिब आधा दशक अघि फाट्टफुट्ट रुपमा मात्रै देख्न पाइने झारल अहिले प्रशस्त मात्रामा देखिने गरेको प्रत्यक्षदर्शी दावा शेर्पाले बताए ।

निकुञ्ज क्षेत्रमा बासस्थान बढेसँगै वन्यजन्तुहरु बढेको हुन सक्ने निकुञ्जको अनुमान छ । विगतमा स्थानीयवासी वन पैदवारमा बढी सक्रिय हुँदा वन्यजन्तुको बासस्थान कम हुँदै गए पनि पछिल्लो केही वर्षयता स्थानीयवासी आफैँ वनजङ्गल संरक्षणमा जुटेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार