कोरोना महामारीका कारण लामो समयसम्म आगन्तुकविहीन बनेको देशको एकमात्र चिडियाखानाले सर्वसाधारणलाई चाहेको जनावर पाल्न दिने भएको छ ।
झन्डै ११२ प्रजातिका एक हजारभन्दा बढी जनावरहरू रहेको चिडियाखानाले जनावरका खानाका साथै स्वास्थ्योपचार, रेखदेख तथा सुरक्षाका लागि वार्षिक झन्डै तीन देखि चार करोड रुपैयाँसम्म खर्च गर्ने सूचना अधिकृत लिना चालिसेले बताइन्।
गत मार्च महिनादेखि सुरु कार्यक्रम अन्तर्गत झन्डै डेढ सय जनाले पशुपक्षीलाई ‘एडप्ट’ गरेर जिम्मा लिएर उनले बताइन्। यी जनावरलाई घरमा लान भने पाइने छैन । चिडियाखाना परिसरमै जनावरको जिम्मा लिएर पाल्न सकिन्छ । त्यहाँ रहेको एक बाघ पाल्न वार्षिक १५ लाख खर्च हुने बताइन्छ ।






