Logo
१९ भाद्र २०८३, शुक्रबार
|  Fri Sep 4 2026

खोलाको पानी हिउँमा परिणत भएपछि मनाङमा पिउने पानीको समस्या


चिसो बढेसँगै मनाङमा अधिकांश खोला नालाका पानी जमिएको छ। सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जम्मेपछि पिउने पानी समेत पाउन कठिन भएको छ।

यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ। चिसोले जनजीवन प्रभावित भएको छ।

आगामी दिनमा चिसो थप बढ्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार