बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पछिल्लो समय महाठग सुकेश चन्द्रशेखरको सम्बन्धका कारण विवादीत बनेकी छन्। उनीसँगको व्यक्तिगत तस्बिरहरु सार्वजनिक हुन थालेपछि ज्याकलिन पनि चिन्तित बनेकी छन्। भारतीय मिडियामा उनको व्यक्तगत तस्बिरहरु सार्वजनिक हुन थालेपछि उनले शनिबार विज्ञप्ति नै जारी गरेकी छन्।
उनले भारत र यहाँका जनताले आफूलाई सबथोक दिएको बताएकी छन्। ‘यो देश र यहाँका मानिसहरुले मलाई धेरै माया दिएका छन्। त्यसमा पनि मिडियाका धेरै साथीहरु छन्, उनीहरुबाट मैले धेरै कुरा सिकेको पनि छु। म मिडियाका साथीहरुसँग अनुरोध छ, मेरो व्यक्तिगत गोपनियताको पनि ख्याल गर्नुस्,’ उनले प्रेस विज्ञप्तिमा उल्लेख गरेकी छन्।
सुकेशबाट करोडौंको गिफ्ट पाएको भन्दै उनी विवादमा तानिएका थिइन्। गोप्य तस्बिरहरु सार्वजनिक भएसँगै उनी सुकेशसँग प्रेम सम्बन्धमा रहेको प्रष्ट हुन्छ ।





