Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

चार देशीय टी-२० सिरिजः नेपालले आज दोस्रो खेलमा युएईसँग खेल्दै


नेपालले चार देशीय टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा आज युएईविरुद्ध खेल्दैछ। सिरिजको दोस्रो खेलमा नेपालले युएईसँग खेल्ने लागेको हो। अल अमरेट क्रिकेट मैदानमा हुने खेल बिहान ११स्४५ बजे सुरु हुनेछ।

पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा पनि जित निकाल्न चाहन्छ। पहिलो खेलमा घरेलु टोली ओमानलाई शानदाररुपमा पराजित गरेको नेपाली टोली उच्च आत्मविश्वासका साथ मैदानमा उत्रिने छ।

युएईविरुद्धको पछिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ। युएईपछि नेपालले यो सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डविरूद्ध खेल्नेछ। त्यसपछि नेपालले १८ फेब्रुअरीबाट आईसीसी विश्वकप ग्लोबल क्वालिफायर प्रतियोगिता खेल्नेछ। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको हो। ​


प्रतिक्रिया दिनुहोस !
विचार