Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

प्रचण्ड र विप्लब बीच एकाएक किन भयो भेट ?


 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव विप्लवले शनिबार भेटवार्ता गरेका छन् । दुई नेताको यो भेटलाई निकै महत्वका साथ हेरिएको छ । प्रचण्डले केहीदिनअघि विप्लबसँग पार्टी एकताको प्रयास भइरहेको बताएका थिए भने विप्लबले प्रचण्डको कुराको खण्डन गरेका थिए ।
विप्लबको नेकपाले त पत्रकार सम्मेलन नै गरेर प्रचण्डले त्यत्तिकै झ्याली पिटेको आरोप लगाएको थियो । आउँदो चुनावमा प्रचण्डले नराम्रो पराजय भोग्ने सम्भावना रहेका कारण प्रचण्डले एकताको हल्ला फिँजाएको विप्लब नेतृत्वको नेकपाको भनाई थियो । तर, शनिबार भएको भेटवार्तापछि भने यो विषयमा नेताहरुले मुख खोलेका छैनन् ।
शनिबार भेटघाटको चाँजोपाँजो पूर्व सभामुख कृष्णबहादुर महराको अगुवाईमा मिलाइएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार