नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज बिहान नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’सँग भेटवार्ता गरेका छन्। श्रेष्ठकै निवासमा पुगेर विप्लवले भेट गरेका हुन्। त्यस क्रममा दुई नेताबीच राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।
यसअघि हिजो शनिबार मात्र विप्लवले माओवादी केन्द्रकै अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए। त्यस क्रममा दुई नेताबीच सहकार्य गर्ने र उपयुक्त समयमा पार्टी एकता गर्ने सहमति भएको थियो ।
उपयुक्त समय भनेको निर्वाचन आगाडि भएको कतिपय नेताहरुले अथ्र्याएका छन् । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालो लामो प्रयासपछि विप्लव माओवादी केन्द्रसँग पार्टी एकताको लागि तयार भएको स्रोतको दाबी छ ।
विप्लवलाई माओवादीमा महासचिवको जिम्मेबारी दिइने र अन्य नेता कार्यकर्तालाई पनि उपयुक्त जिम्मेबारी दिइनेबारे गृहकार्य भैरहेको बताइन्छ ।





