Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

प्रदेश-२ मा एकीकृत समाजवादीका दुई मन्त्रीले लिए शपथ


प्रदेश दुई सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादवलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।

महतोलाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री लालबाबु राउतले आफ्नै दल जनता समाजवादी पार्टीका मन्त्री रामनरेश रायलाई गत साता बर्खास्त गरेका थिए। यस्तै नेकपा एकीकृत समाजवादीका नेता यादवले कानुन मन्त्रीको जिम्मेवारी पाए। प्रदेशसभामा नेकपा एकीकृतका १३ जना सांसद छन्।

केन्द्रमा बनेको गठबन्धन अनुसार प्रदेशमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, माओवादी र नेकपा एकीकृतलाई सहभागी गराइएको छ। प्रदेश सरकारमा जसपाले ४ मन्त्रालय, कांग्रेसले तीन मन्त्रालय र माओवादी केन्द्रले एक मन्त्रालय पाएका छन्। नेकपा एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार