Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

सर्वोच्च अदालत परिसरमा नेपाल बारको प्रदर्शन, प्रधानन्यायाधीशसँगै गृहमन्त्रीको पनि राजीनामा माग


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणको पनि राजीनामा मागेका छन् । आज सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा उत्रिएका उनीहरूले प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको पनि राजीनामा मागेका हुन् ।

आज सर्वोच्च परिसरमा प्रदर्शन रोक्न खोजेपछि वकिलहरूले प्रहरीविरुद्ध पनि नाराबाजी गरेका छन् । त्यसक्रममा उनीहरूले गृहमन्त्री समेतको राजीनामा माग्दै नाराबाजी गरेका छन् ।

नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायी आन्दोलित छन् । पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको भन्दै नेपाल बारले उनको बहिर्गमनको माग गरेको हो । बारले आन्दोलनलाई देशव्यापी बनाउदै लगेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार