Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

सुस्तायो सेयरबजार, ४ अर्ब ३५ करोडको कारोबार


कारोबारको पहिलो दिन आइतबार शेयर कारोबार सुस्ताएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्दा शेयर कारोबार रकम र कारोबार संख्या दुबै सुस्ताएको छ । नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २ हजार ७ सय ५७ दशमलव ५३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार माप गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७५ अंकले घटेको छ ।

परिसूचकसँगै आइतबार कारोबार समेत सुस्तायो । दिनभर ५४ हजार ६६४ कारोबारमात्रै भए । ७८ लाख ९४ हजार ४८६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँमा रोकियो ।

आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बबढेर सकारात्मक सर्किट लागेको हो।


प्रतिक्रिया दिनुहोस !
विचार