Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

भीम रावलले योगेश भट्टराईहरुको साथ पाउलान् ?


१० औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गम्भिर धक्का लागेको छ । एमाले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेसँगै ओलीलाई गम्भिर धक्का लागेको हो । ओलीले अध्यक्ष बन्नका लागि अब भीम रावलसँग चुनाव लड्नुपर्नेछ । महाधिवेशन आउँन अझै केही दिन बाँकी रहेका कारण अध्यक्षका अन्य आकांक्षी पनि थपिने सम्भावना देखिएको छ । घनश्याम भुसालले पनि अध्यक्षमा उम्मेद्वारी दिने सम्भावना रहेको बुझिएको छ । तर, भीम रावललाई सहयोग गर्ने वचन उनले दिइसकेको उनी निकट नेताहरुले बताएका छन् ।
भीम रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपनि माधव नेपालबाट छुटिएर गएका १० नेतामध्ये सबैको समर्थन उनले पाउँने सम्भावना देखिएको छ्रैन । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीका पक्षमा आफूलाई उभ्याउन शुरु गरिसकेकी छिन् भने सचिव योगेश भट्टराईले यसअघि नै ओली अबको सर्वसम्मत अध्यक्ष भनेर घोषणा गरिसकेका छन् ।
केहिदिनअघि भट्टराईले व्यक्त गरेको यो भनाई पूरै सुन्दा सहजै अनुमान गर्न सकिन्छ कि भीम रावलले १० नेताको समर्थन पाउँने छैनन् । प्यानल बनाएर चुनावमा जाँदा नराम्रो परिणती एमालेले भोगेको योगेश भट्टराईले बताउनुले उनी ओलीका पक्षमा रहेको सहजै बुझ्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार