Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३८ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् भने ३ सय ७० जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार १ सय २३ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ३८ जना संक्रमित भेटिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३७० जना निको भएका छन् । हाल देशभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार