Logo
६ मंसिर २०८३, आईतवार
|  Sun Nov 22 2026

एनपीएलको उपाधि सुदूरपश्चिमलाई


काठमाडौँ  । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। फाइनलमा साबिक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पटक च्याम्पियन बनेको हो ।

शनिबार त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभर ३ बलमा बिना विकेट पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा जर्ज मुन्सीले  ५४ बलमा अविजित १२५ रनको शतकीय इनिङ्स खेले । विनोद भण्डारी २७ बलमा ३० रन बनाएर अविजित रहे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार