Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिएपछि घनश्याम भुसाल अप्ठ्यारोमा, दिए यस्तो प्रतिक्रिया


एमाले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि उपमहासचिव घनश्याम भुसाललाई बढी अप्ठ्यारो परेको छ । उनी पनि पहिले अध्यक्षकै तयारीमा थिए । १० बुँदे सहमतिका पक्षधरमध्ये अध्यक्ष केपी ओलीविरोधी कित्तामा खरो उत्रिनै यीनै दुई नेता हुन् ।

रावलले अध्यक्षमा दाबी गरेपछि भुसाल अब महासचिवको तयारीमा लाग्ने भएका छन् । रावलजीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि अब म त्यसमा उठ्ने कुरा रहेन । साथीहरूसँग परामर्शमै छु । महासचिवमा उम्मेदवारी दिनसक्छु,ु उनले भने । आफूविरुद्ध खरो उत्रिने भएकाले उनलाई ओलीले महासचिव बनाउने सम्भावना छैन । त्यसैले भुसाल रावलकै टिमबाट महासचिवको उम्मेदवार बन्ने सम्भावना छ ।

१० बुँदे पक्षधरमध्ये उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पुरानै पदमा दोहोरिने पक्षमा छन् । एमाले उपाध्यक्ष शाक्यले अबको कार्यकाल उपाध्यक्षकै भूमिकामा रहने बताइन् । त्यसैगरी योगेश भट्टराई पनि सचिवमै दोहोरिने योजनामा छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार