Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, यस्ता छन् बैठकका एजेण्डा


नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा महाधिवेशन तयारीबारे छलफल हुनेछ। एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्दैछ।

आजको बैठकमा पाँच प्रतिशत प्रतिनिधिको छनोटसमेत हुने सचिव तामाङले जनाए। महाधिवेशनमा १९९९ प्रतिनिधि सहभागी हुँदैछन्। त्यसमध्ये देशभरबाट १९०३ जना प्रतिनिधि छनोट भइसकेका छन्। बाँकी ९६ जना अर्थात् पाँच प्रतिशत प्रतिनिधि मनोनयन आजको स्थायी कमिटीले गर्नेछ।

त्यस्तै बैठकमा सहमतिमा पदाधिकारी छनौटको विषयमा पनि छलफल हुनेछ । भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिएसँगै सहमतिमा नेतृत्व चयन गर्ने ओलीको योजना विफल हुने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार