Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

एमाले महाधिवेशन अगाडि चितवनमा प्रचण्डकाे शक्ति प्रदर्शन


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा एमाले महाधिवेशनको पूर्व सन्ध्यामामा आफ्नो शक्ति प्रदर्शन गर्ने भएका छन् । आज प्रचण्डको निर्वाचन क्षेत्रमा संघीय सरकार र वागमती प्रदेशका समेत गरी आधादर्जनभन्दा बढी मन्त्री उपस्थित भएर विकास बहसमा भाग लिँदैछन् ।

कार्यक्रममा सहभागि हुन अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, महिला वालवालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मी, विना विभागीयमन्त्री उमेश श्रेष्ठ र वागमती प्रदेशका आन्तरिक मामिलामन्त्री कृष्ण खनाल प्रचण्डको निर्वाचन क्षेत्रमा पुगेका छन् ।

त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरु पृथ्वीमान गुरुङ र अमिक शेरचनसमेत चितवनमै छन् । उनीहरु दुवैजना चितवनका बासिन्दा हुन् । विकास बहसमा मन्त्रीहरुका साथै सरोकारवाला मन्त्रालयका सचिव, विभागीय महानिर्देशकसहित उच्च पदस्थ सरकारी अधिकारीहरु समेत सहभागी हुँदैछन् ।

भरतपुरको विकासका लागि विभिन्न योजनाहरुको कार्यान्वयन, वजेट व्यवस्थापन लगायतका विषयमा बहस हुने सो कार्यक्रमलाई प्रचण्डको निर्वाचन केन्द्रित शक्ति प्रदर्शनका रुपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार