Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

जन्ती बोकेको बसले ठक्‍कर दिँदा मोटरसाइकल चालकको मृत्यु


जन्ती बोकेको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२, बाहुनेपाटीमा हेलम्बु यातायातको बसको ठक्करबाट नुवाकोटका बासु बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

मेलम्चीबाट जन्ती बोकेर काठमाडौंतर्फ जाँदै गरेको बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनापछि स्थानीयले बसमा तोडफोडसमेत गरेका छन्।

दुर्घटनापछि बसका चालक फरार रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार