Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै सभामुख सापकोटालाई बारले बुझायो ज्ञापनपत्र


नेपाल बार एसोसिएसनले सोमबार सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो ।

प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्‍नबारे संसद्को ध्यानाकर्षण गराउन भन्दै बारको टोलीले सभामुख सापकोटालाई ज्ञापन पत्र बुझाएको हो । दिउँसो २ बजे बारको टोलीले संसद् सचिवालयमा गएर सभामुख सापकोटालाई भेटेको थियो ।

भेटमा बारका कानुन व्यवसायीहरुले सर्वोच्चमा जारी आन्दोलन तथा न्याय क्षेत्रका बेथितीहरुको बारेमा चर्चा समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार