Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २५८ जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ७१८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५ सय पुगेको छ भने ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका १३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार