Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

भक्तपुरमा मानव कङ्काल फेला, रुखको हाँगामा चुँडिएको डोरी पनि भेटियो


चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ। जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कङ्कालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ।

घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने चक्कु, चेकसर्ट र झोलाका आधारमा प्रहरीले कङ्काल पहिचानको प्रयास गरिरहेको गिरीले जानकारी दिए। कङ्काल परीक्षण गर्न काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार