करिब दुई महिना ठप्प रहेका सार्वजनिक सवारी साधन आजबाट सञ्चालनमा आएका छन् ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले जोर बिजोर प्रणालीमा आधारित रहेर सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरे बमोजिम सवारी साधन सञ्चालनमा आएका हुन् ।
सार्वजनिक सवारी साधन सञ्चालनमा आएपनि २५ सिट भन्दा कम क्षमताका सवारी साधन भने सञ्चालन गर्न पाइदैन । २५ सिट भन्दा बढी क्षमताका सवारी साधन जोर बिजोर प्रणालीमा आधारित रहेर बिहान ६ बजेदेखि बेलुकी ७ बजे सम्म सञ्चालन गर्न पाइनेछ ।
सार्वजनिक सवारी साधन सञ्चालन गर्दा अनिवार्य रुपमा ढोकामा स्यानिटाइजर राखिनुपर्ने, यात्रु तथा चालक र सहचालकले मास्क प्रयोग गर्नुपर्ने, सवारी साधन निसंक्रमित गरिनुपर्ने, चालक तथा सहचालकले पञ्जा अनिवार्य लगाउनुपर्ने लगायतका मापदण्ड समेत तोकिएको छ ।
सार्वजनिक सवारी साधन सञ्चालमा आएपनि यात्रुहरुको चाप भने अत्यन्तै न्यून रहेको छ । कोरोना संक्रमणको भयका कारण यात्रुहरुको उपस्थिती कम रहेको हो ।