Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

दुई छोराछोरीसँगै पासो लगाएको अवस्थामा मृत भेटिइन् कविता


सर्लाहीमा आमासहित दुई जना बालबालिका मृत फेला परेका छन्। आइतबार बरहथवा नगरपालिका वडा नम्बर १ नयाँबजारस्थित घरमा आमा, छोरा र छोरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

शिव हजारीकी श्रीमती अन्दाजी २६ वर्षीया कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। कविताका ८ वर्षीया छोरी सुलोनी र ५ वर्षीय छोरा स्वागत पनि मृत फेला परेका छन्।

सो घरमा अरू कोही नभएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए। उनका श्रीमान विदेशमा छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार