Logo
१२ आश्विन २०८३, सोमबार
|  Mon Sep 28 2026

सेयर बजार राताम्य, ४९ अंकले घट्यो नेप्से


कारोबार हुने साताको अन्तिम दिन सेयर बजार राताम्य भएको छ। आज नेप्से परिसूचक २६ सयमुनि झरेको छ। बिहीबार ४९ अंक घटेसँगै नेप्से परिसूचक २ हजार ५ साय ८४ मा झरेको छ। आज कारोबार रकम भने हिजोको भन्दा केही बढेको छ। हिजो २ अर्ब ७४ करोडको धितोपत्र कारोबार भएकोमा आज ३ अर्ब ४१ करोडको कारोबार भएको छ।

आज कुल एक सय ७७ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको मात्रै बढेको छ। सबै उपसमूह राताम्मे भएका छन्। बैंकिङ १७, ब्यापार ३६, होटल तथा पर्यटन ६२, विकास बैंक १८९, जलविद्युत ६६, फाइनान्स ९३, निर्जीवन बीमा २४५, उत्पादन १५३, अन्य ७५, माइक्रोफाइनान्स ८४ र जीवन बीमा २३० अंकले घटेका छन्।

बजार राताम्मे हुँदा दुई कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ। सामलिङ पावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो।


प्रतिक्रिया दिनुहोस !
विचार