Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

खोप नलगाएकालाई सार्वजनिक ठाउँमा प्रतिबन्ध


जर्मनीमा ओमिक्रोन भेरियन्टलाई लक्षित गर्दै कोरोना विरुद्धको खोप नलगाएकाहरुलाई सार्वजनिक ठाउँमा प्रतिबन्ध गरिएको छ । उनीहरु सार्वजनिक ठाउँमा घुम्न र जमघट हुन नपाउने भएका हुन् । त्यस्तै सामान खरिद गर्न जान पनि पाउने छैनन् ।

जर्मन चान्सलर एञ्जेला मर्केलले कोरोनाको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि यो निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रेष्टुरेण्ट, सिनेमा हल, सपिङ मल जस्ता सार्वजनिक ठाउँमा खोप लगाएका वा भर्खरै कोरोना निको भएकाहरुलाई मात्रै प्रवेशका लागि अनुमति दिइनेछ । जर्मनीमा आउँदो फेब्रुअरीदेखि सबैका लागि खोप अनिवार्य गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार