Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

कोटेश्वरमा ट्रकसँग मोटरसाइकल ठोक्किदा ३५ वर्षिया युवाको ज्यान गयो


मंगलबार बिहान काठमाडौँको कोटेश्वरमा गुडिरहेको मोटरसाइकल रोकिराखेकोे ट्रकमा ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुर ठिमीका ३५ वर्षीय सुरज खला रहेका छन् । उनी भक्तपुरबाट ललितपुर तर्फ जाँदै थिए । कोटेश्वरको आकाशे पुल नजिकैको सडकमा रोकीराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा उनले चलाइरहेको बागमती प्रदेश –०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
गम्भिर अवस्थामा रहेका सुरजको उपचारका क्रममा केएमसी अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार