मिस युनिभर्स २०२१ को ताज भारतीय सुन्दरीले जितेकी छन् । भारतीय सुन्दरी हरनाज सान्धूले ७० औंं मिस युनिभर्सको ताज जित्न सफल भएकी हुन् । यो सँगै भारतले २१ वर्षपछि यो उपाधि आफ्नो देश ल्याउन सफल भएको हो ।
२१ वर्षीय सान्धूले मोडलिङ सँगसँगै प्रशासनमा स्नातकोत्तर गर्दैछिन् । २१ वर्षपछि यो गौरवशाली ताज भारत फिर्ता ल्याउन पाउनु आफूलाई गर्भ लागेको सान्धूले बताइन् ।
यसअघि सन् २००० मा अभिनेत्री लारा दत्ताले यो उपाधि भारत ल्याएकी थिइन् । इजरायलको एलातमा आयोजित मिस युनिभर्स २०२१ प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले हरनाजलाई ताज लगाइदिएकी हुन् ।





