Logo
२ कार्तिक २०८३, आईतवार
|  Sun Oct 18 2026

संघीय संसदका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि


संघीय संसदका चारजना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज संसद् बैठक बस्नुअघि ​सांसद, कर्मचारी तथा सुरक्षाकर्मी गरी अहिलेसम्म ६ सय ४० जनामा गरिएको परीक्षणमा ४ जना कर्मचारीको कोभिड पोजेटिभ आएको परीक्षण टिम संयोजक भोला अधिकारीले बताए।

करिब ९०० जनाको कोभिड परीक्षण गर्न भन्दै पत्र इडिसीमा आएकोले सोहीअनुसार परीक्षण गरिएको बताएका छन्। उनका अनुसार संक्रमण पुष्टि भएका सबैजना कोरोनाविरुद्धको पूर्ण खोप लगाएका रहेको समेत उनले बताए। उनका अनुसार सबै संक्रमितमा कोरोनाको लक्षण सामान्य रहेको समेत बताए।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट परिचालन भएको स्वास्थ्यकर्मीहरूको टोलीले आज पनि एन्टीजेन विधिबाट कोभिड परीक्षण गरिरहेको छ।

आज दिउँसो चार बजेबाट सुरु हुने संघीय संसद्‌को बैठकलाई लक्षित गरी सरकारले सांसद, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक तथा अन्य सुरक्षाकर्मीहरूको कोरोना परीक्षण थालिएको हो।


प्रतिक्रिया दिनुहोस !
विचार