Logo
११ आश्विन २०८३, आईतवार
|  Sun Sep 27 2026

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आइतबार ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको हो।

आइतबार छापावाल सुन प्रति १० ग्राम ८० हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ८१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

आइतबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार