Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

सेयर बजारमा उच्च अंकको वृद्धि


शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि उच्च अङ्कले बढेको छ । हिजो मङ्गलवार ५७ अङ्कले बढेको नेप्से आज ९२ दशमलव १६ अङ्कले बढेर दुई हजार पाँच सय सात दशमलव ७० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।आज दुई सय ३३ कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम र सङ्ख्यामा पनि सुधार आएको छ । हिजो कारोबार रकम साढे दुई अर्ब रुपैयाँ पनि पुगेको थिएन । आज ८१ लाख चार हजार कित्ता शेयर चार अर्ब ५२ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ६८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार