Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

सुपर कपको उपाधि रियल मड्रिडलाई


रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा एट्लेटिको बिल्बाओलाई २–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिडले उपाधि जितेको हो ।

साउदी अरेबियामा भएको खेलमा रियल मड्रिडलाई जिताउन लुका मोड्रिक र करिम बेन्जिमाले एक-एक गोल गरे ।

खेलको ८७औँ मिनेटमा एडर मिलिताओले रातो कार्ड पाएपछि रियल मड्रिड अन्तिमको केही समय १० खेलाडीमा सीमित भएको थियो । सिजनको पहिलो उपाधि जितेको रियल समग्रमा १२औँ पटक सुपर कप च्याम्पियन बनेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार