Logo
२०८१, १ श्रावण मंगलवार
|  Tue Jul 16 2024

२५ वर्षिया महिलाले एकैपटक ९ बच्चा जन्माइन्


अफ्रिकी मुलुक मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माएकी छिन् । मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी २५ वर्षिया महिलाले एकै पटकमा ९ बच्चा जन्माएको बताएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेकी छिन् ।
यसअघि विभिन्न समयमा भएका स्वास्थ्य परिक्षणका क्रममा ती महिलाको पेटभित्र पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो । डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को पठाएका थिए । मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको छ । यद्यपि एकैपटक नौ बच्चा जन्मिनु दुर्लभ घटना भएको भन्दै आमा र सबै बच्चाहरूलाई बचाउनु निकै चुनौतीपूर्ण हुने डाक्टरहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार