Logo
२०८१, १ श्रावण मंगलवार
|  Tue Jul 16 2024

बिल गेट्सले डिभोर्स गरेकी श्रीमतिलाई २.४ अर्ब डलरको सेयर दिए


विश्वका धनाढ्य व्यक्ति बिल गेट्सले दुई दिनअघि मात्रै डिभोर्स गरेकी श्रीमति मेलिन्डा गेट्सको नाममा २ दशमलब ४ अर्ब डलर बराबरको सेयर ट्रान्सफर गरेका छन् । मेलिण्डाले सम्पतिको हकदाबी सहित अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेका बेला बिल गेट्सले सेयर ट्रान्सफर गरेका हुन् ।
२७ वर्षअघि विवाह बन्धनमा बाँधिएको यो जोडीले दुई दिनअघि मात्रै डिभोर्स गर्ने घोषणा सामाजिक सञ्जालमार्फत गरेको थियो ।
आफ्नो नाममा सेयर आएपछि मेलिन्डा अब दुई मेक्सिकन कम्पनीहरू बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो टेलिभेसिया एसएकी ठूलो सेयरहोल्डर भएकी छिन् ।
कोकोकाला फेस्मा भएको उनको ४ दशमलब ९ प्रतिशत सेयरको मूल्य बुधबार १२१ मिलियन डलर पुगेको छ भने टेलिभेसिया एसएको ६ दशमलब ७ प्रतिशत सेयरको मूल्य ३८६ मिलयन डलर पुगेको छ ।
सम्बन्ध विच्छेद गरेर बिल गेट्सबाट सम्पति आफ्नो नाममा गरेपछि मेलिण्डा विश्वकै दोस्रो धनी महिला बनेकी छिन् ।


प्रतिक्रिया दिनुहोस !
विचार