Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

माधव पक्षले झुकाउने नै भयो त ओलीलाई ? २४ घण्टे अल्टिमेटमले के गर्ला ?


नेकपा एमालेको माधवकुमार नेपाल समुहका सांसदहरुले आज सामुहिक राजीनामा दिने तयारी गरेका छन् । त्यही तयारी अनुरुप नेपाल समुहका सांसदहरुले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई आज साँझ सम्मको अल्टिमेटम दिएका हुन् ।
ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे अल्टिमेटम दिने निर्णय सहित शनिबार साँझ माधव नेपाल समुहका सांसदहरुको बैठक सकिएको थियो । बैठकमा सहभागी केही सांसदहरुले ओली सुध्रने कुनै छाँटकाँट नभएका कारण तत्कालै राजीनामा दिनु उपयुक्त हुने बताएका थिए भने अधिकांश सांसदहरुको जोड चाहिँ ओलीलाई अल्टिमेटम दिएर मात्रै राजीनामा दिनु उपयुक्त हुने भन्ने रहेको थियो । बहुमत सांसदहरुकै सल्लाह बमोजिम उनीहरु ओलीलाई आइतबार साँझसम्म कुर्ने निर्णयमा पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने उद्देश्यका साथ भोली २७ गतेका लागि संसद्को विशेष अधिवेशन बोलाएका छन् । त्यो अधिवेशनमा विश्वासको मत लिने र विश्वासको मत लिइसकेपछि माधव समुहका सांसदहरुमाथि कारबाहीको डण्डा बर्साउने ओलीको तयारी रहेको बुझाई माधव समुहका सांसदहरुमा रहेका कारण २७ अघि नै राजीनामा दिने मनस्थितीमा उनीहरु पुगेका हुन् ।
त्यसो त ओली माधव समुहका नेताहरुको पत्तासाफ गर्ने रणनीति अनुरुप नै अघि बढेका थिए । त्यही रणनीति अनुरुप ओलीले माधव समुहका सांसदहरुसँग स्पष्टिकरण सोध्नेदेखि लिएर माधव समुहका नेताहरुको मनोबल गिराउँने गरी अन्य कदम पनि चालेका थिए । तर, परिस्थिती ओलीले सोचे अनुरुप भइदिएन । राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई जिताउँनै पर्ने दबाबमा रहेका ओली त्यतिबेला झस्किए जतिबेला एमालेको माधव समुहको अगुवाईमा कांग्रेस माओवादी केन्द्र लगाएतले एमालेकै नेता डा.खिमलाल देवकोटालाई उम्मेद्वारका रुपमा अघि सारे । देवकोटाको उम्मेद्वारी ओलीका लागि गतिलो राजनीतिक झापड बन्यो । देवकोटाको उम्मेद्वारीपछि अत्तालिएका ओलीले कल्पना पनि नगरेको अर्को विषय थियो ः माधव समुहका सांसदहरुको सामुहिक राजीनामाको प्रसंग । स्पष्टिकरण सोधेपछि सांसदहरु डराउँछन् र, आफ्ना पक्षमा लुरुलुरु आउँछन् भन्ने ठम्याईमा रहेका ओली त्यतिबेला झस्किए जब सांसदहरु स्वयंले राजीनामा दिने कुरा सञ्चारमाध्यम मार्फत सार्वजनिक गरे ।

माधव समुहका सांसदहरुको सामुहिक राजीनामा आउँदा ओलीको प्रधानमन्त्री पदमा ठूलै धक्का लाग्छ । २७ गते विश्वासको मत लिने घोषणा गरेका ओलीले माधव समुहकै सांसदरु आउट भएको अवस्थामा विश्वासको मत पाउँदैनन् । त्यसो त माधव समुहका सांसदहरु सबैले विश्वासको मत दिँदा पनि ओलीलाई अर्को कुनै दलको सहायता नलिई सुख छैन । कांग्रेस र माओवादीले विश्वासको मत नदिने निर्णय नै गरिसकेको अवस्थामा ओलीको अलिअलि आशा भनेको जनता समाजवादी पार्टी हो । त्यो पार्टीमा पनि सबै ओलीका दाइना छैनन् । ओलीको नाम नै सुन्न नचाहने डा.बाबुराम भट्टराई र उपेन्द्र यादवहरुका कारण ओलीका लागि २७ गतेको दिन ठूलो खड्गो हो । जो पार गर्न कम्ता कठिन छैन ओलीलाई ।
त्यही कठिन समयको पूर्वानुमान गरेर नै हो ओली अन्तिम समयमा माधव समुहलाई फकाउन लागिपरेका छन् ।
००००००
यसअघि माधव समुहका नेताहरुलाई भेट्दा समेत तर्किएर हिँड्ने ओली निकट नेताहरूको दौडधुप केही दिनयता दिनयता तीव्र बनेको छ । माधव पक्षलाई फकाउन विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाललगायतको टिम घुँडा धसेर लागेको छ भने घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतको टीम सहमतिको आशमा वार्तामा सहभागी भइरहेको छ । गएको बुधबारदेखि नै छलफलमा केन्द्रित रहेका यी नेताहरुले शनिबार पनि छलफललाई निरन्तरता दिए ।
त्यसो त एमालेको विवाद मिलाउँन एमाले दोस्रो तहका नेताहरु मात्रै होइन, स्वयं राष्ट्रपति विद्या भण्डारी पनि यो बीचमा सक्रिय भएकी छिन् । राष्ट्रपति भण्डारीले २३ वैशाखमा प्रधानमन्त्री ओली र नेता नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरिन् भने नेपाल निकट नेता योगेश भट्टराईसँग त्यही आसपासमा छुट्टै कुराकानी गरिन् । तर, राष्ट्रपतिको सक्रियताले पनि काम गर्न भने सकेको छैन ।
माधव नेपाल पक्षलाई कारबाहीको डण्डा बर्साएरै अघि बढ्नुपर्नेमा जोड दिदै आएको ओली पक्षका नेताहरु संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने समय नजिकिएसँगै एमाले मिल्नुको विकल्प नभएको बताउन मात्र थालेका छैनन् एमाले पार्टी निर्माणमा माधव नेपालले गरेको योगदानको बखान समेत गर्न थालेका छन् । तर, यो सबै ओलीको रणनीति हो भन्ने चाल पाएका माधव समुहका नेताहरु न त माधव नेपालका बारेमा गर्न थालिएको बखानबाट फुर्किएका छन् न त एमाले मिल्नुको विकल्प छैन भन्दै ओली समुहका नेताहरुले सामाजिक सञ्जालमा लेखेका स्टाटस र व्यक्त गरेका अन्य विचारबाटै हौसिएका छन् ।

उनीहरुको एक सुत्रिय माग छ, पार्टी २०७५ जेठ २ अघिको अवस्थामा फकनुुप¥यो । गएको फागुन अन्तिममा आफू पक्षीय नेताहरुलाई कारबाही गर्दै माआवादीका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतलाई एमालेमा जुन प्रकारको जिम्मेवारी दिइएको थियो त्यो खारेज हुनुप¥यो । तर, ओली माधव पक्षीय नेताहरुको यो मागमा टसमस भएका छन् । आफूलाई आपत परेका बेला साथ दिने रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतको चित्त दुखाउने पक्षमा छैनन् ।


प्रतिक्रिया दिनुहोस !
विचार