Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

पशुपतिनाथ मन्दिर क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार


पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुमाथि खुकुरी प्रहार भएको छ । अपरिचित व्यक्तिले एक सधुसँग चरेस मागेको साधुले   छैन भनेपछि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।

महानगरीय प्रहरीले खुकुरी प्रहार गरेर भाग्ने क्रममा पक्राउ गरिएको जनाएको छ । पशुपति परिसरको विश्वरूपमा मन्दिरनजिकै साधु शौचालयतर्फ गइरहेकाे बेलामा खुकुरी प्रहार भएको हो ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट घाइते भएका साधुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार