Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

ट्रकको ठक्करबाट बिहानै आमा–छोराको मृत्यु


पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा आमा छोराको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आज बिहानै भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

के कसरी दुर्घटना भयो भन्ने बारेमा विस्तृत अनुसन्धान भैरहेको प्रहरी स्रोतले बतायो ।


प्रतिक्रिया दिनुहोस !
विचार