Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

यो दशैँमा बाहिरी देशबाट मासुजन्य चौपाया आयात नगर्ने


‘यसपालिको दशैँमा उपत्यकामा विभिन्न संघसंस्था,बाख्रा व्यवसायीसँग छलफल गर्दा ३८ हजार मासुका लागि चौपाया आवश्यक पर्ने र भित्र्याउने कार्ययोजना बनाएका छौँ,’उनले भने,‘नेपालमै उत्पादन भएका यी चौपायाले नै पुग्ने भएकाले बाहिरबाट नल्याउने व्यवसायीहरूले भनिसकेका छन्,यहीँकै उत्पादित बिक्री वितरण हुन्छ।’

नेपालमै यी चौपायाको उत्पादन बढ्दै जाँदा माग आपूर्ति हुने भएकाले व्यवसायीहरूले बाहिरबाट आयात नगर्ने भएका हुन्।
सरकारले राजधानीमा यस वर्षको दशैँका लागि ३८ हजारको संख्यामा खसीबोका र च्याङ्ग्राको आवश्यक पर्ने अनुमान गरेको छ। पशु सेवा विभागका सहायक सूचना अधिकारी श्यामसुन्दर यादवले बाहिरी मुलुकबाट मासुजन्य चौपाया आयात नगर्ने बताए।

सरकार र चौपाया खरिद व्यवसायीहरूले बर्सेनि दशैँ र तिहार पर्वका लागि चौपायाको अपुग हुने हुँदा च्याङ्ग्रा चीन र खसीबोका भारतबाट निर्यात गर्ने गरेको थियो। तर, पछिल्लो समय नेपालमा यी चौपायाको उत्पादन बढेको यादवले बताए।

उनले भने,‘व्यवसायीहरूले यस वर्षको दशैँलाई नेपालमै उत्पादन भएको ५१ हजार खसीबोका,भेडा र च्याङ्ग्रा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्,यतिले पुगिहाल्छ,त्यसैले बाहिरबाट ल्याउनै पर्दैन।’​

​उनका अनुसार गत वर्षको दशैँमा ३० हजार चौपाया उपत्यकामा भित्र्याइएको थियो। ‘यतिको संख्यामा भित्र्याउँदा पछि अपुग भएको केही गुनासो आएन,यसपालि सबैको जनजीवन सहज भएकाले पहिलाको तुलनामा ८ हजार नै थपेका छौँ,’उनले भने।

घटस्थापनाको दिनदेखि काठमाडौं उपत्यकामा चौपाया ल्याउने सरकार र व्यवसायीको तयारी छ। यस वर्षको घटस्थापना असोज २१ गते परेको छ। पशु सेवा विभागका सहायक सूचना अधिकारी यादवका अनुसार अहिले विभिन्न जिल्लामा चौपायाको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार