Logo
१२ असार २०८३, शुक्रबार
|  Sat Jun 27 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै


माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ । बैठकमा पार्टीका विभिन्न सम्मेलनको मिति टुंग्याउने, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, आयोगहरुको फर्मेसनलगाययत विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीका विषयमा पनि छलफल हुने बताइएको छ । बुधबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गरेका थिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी छ । यद्यपि, हालसम्म सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबन्डाको टुंगो लागिसकेको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार