Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

प्रशासनले बिहीबारदेखि लागु हुने गरी भिडभाडजन्य क्रियाकलाप गर्न रोक


प्रशासनले बिहीबारदेखि लागु हुने गरी अर्को आदेश नआएसम्मलाई जिल्लाभित्र कुनै किसिमका भीड हुने कार्यक्रममा रोक लगाएको हो। कोरोना भाइरस फैलिने जोखिम अहिले पनि उच्च रहेको जनाउँदै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार एक आदेशमार्फत महोत्सव, जात्रा, उत्सव, सभा जुलुस, जात्रा, भजन कीर्तन र भोज भतेर लगायतका कार्यक्रममा निषेध गरेका हुन्।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार होटेल वा पार्टी प्यालेसले कुनै बैठक,सेमिनार गोष्ठी,भोजजस्ता कायर्यक्रम गर्दा आगन्तुक वा सहभागीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ।

त्यस्तै,सार्वजनिक तथा निजी निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले नजिकिँदै गरेको चाडपर्वमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै भिडभाड नहुने गरी मनाउन आग्रह गरेका छन्।

उनले आधिकारिक टिकट काउन्टरमा मात्र टिकट काट्न र यात्रा गर्दा सवारी साधनको छतमा यात्रा गर्न नपाइने बताए।

 

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार