Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

विधान महाधिवेशन स्थलमा पानीको बोतलमा समेत ओलीको फोटो


नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रुमा सुरु भएको छ। तीन दिनसम्म चल्ने यो महाधिवेशनको ओलीले शुक्रबार दिउँसो उद्घाटन गरेका हुन्।

महाधिवेशन स्थलमा उनको फोटो स्ट्यान्डको रुपमा राखिएको छ। साथै, उनका फोटोहरु पनि राखिएका छन्। कतिसम्म भने, कार्यक्रमस्थलमा वितरण गरिएको पानीको बोलतमा समेत ओलीको फोटो राखिएको छ।

त्यसो त, महाधिवेशनलाई लक्षित गरेर काठमाडौंका मुख्य सडकका पोलहरुमा ओलीको फोटोहरु राखिएका छन्।

मुख्य हलमा नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरु, जसको फोटो यसअघि कार्यक्रमस्थलमा राखिने गरिन्थ्यो, त्यो राखिएको छैन। पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी तथा मदन भण्डारी फोटो राखिएको छैन।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार