Logo
११ असार २०८३, बिहीबार
|  Fri Jun 26 2026

जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने विश्व साइकल अभियान लिएर शुभ पुगे मलेसियामा


काठमाडौं– जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनिकरणका लागि विश्वब्यापी साइकल यात्रा लिएर शुभप्रसाद शर्मा मलेसिया पुगेका छन् । पूर्व एडिभिजन लिगका खेलाडी र कुनै बेलाका काठमाडौंका जनप्रतिनिधि समेत रहेका शर्मा साइकल मार्फत भारत, बंगलादेश, थाइल्याण्डको यात्रा पूरा गरेर मलेसिया पुगेका हुन् ।

पाकिस्थान हुँदै अन्य दक्षिण एशियाली मुलुक भ्रमण गर्ने योजना तय भएपनि सैनिक शासनको कारण म्यानमार र कोरोना बढेपछि पाकिस्थान जान नपाएका शर्माले रूट परिवर्तन गरी थाइल्याण्ड हुँदै मलेसिया पुगेका हुन् । उनले पुनः मेलियासा हुँदै १५ देशको भ्रमण तालिका तय गरिसकेका छन् ।

शर्माले भ्रमणका क्रममा वृक्षारोपण गर्ने र सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम पनि गरेका छन् । उनले भारत र बंगलादेशमा पाँच सय विरूवा रोपेका थिए भने स्कुले बालबालिका जलयावु परिवर्तनका बारेमा जानकारी गराएका थिए । गएको बैशाख १ गतेबाट शुरू भएको शुभयात्रा विश्व साइकल अभियान ५ देखि ७ बर्षभित्र पूरा गर्ने लक्ष्य शर्माले राखेका छन् । व्यक्तिगत रूपमा गरेको आम्दानी र साथी सहयोगमा यात्रा गरिरहेका शुभले आफ्नो अभियान सफल बनाउन सबैस“ग सहयोगका अपिल समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार