Logo
११ कार्तिक २०८३, बुधबार
|  Wed Oct 28 2026

मनसुन बाहिरियो, दशैंमा पानी पर्ने सम्भावना टर्यो


{“caption”:”u091au094bu092du093eu0930u092cu093eu091f u0926u0947u0916u093fu090fu0915u094b u0916u0941u0932u0947u0915u094b u0906u0915u093eu0936 u0924u0938u094du092cu093fu0930 : u0926u0940u092au0915 u0915u0947u0938u0940″,”photographer”:””,”alt_text”:””}

दशैं अवधिभरको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।नेपालबाट यो वर्षको मनसुन बाहिरिसकेको र पानी पार्ने प्रणाली तत्काल नदेखिएकाले आज फूलपातीदेखि टीकाको दिनसम्म पानी पर्ने सम्भावना खासै नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आजदेखि टीकाको दिनसम्म मौसम सामान्य मात्रै बद्ली हुनेछ । झरी पर्ने र ठूलो पानी पर्ने सम्भावना छैन। पानी परिहाले पनि देशको थोरै ठाउँमा फाट्टफुट्ट, क्षणिक रुपमा मात्रै पानी पर्ने सम्भावना छ । दशैंपछि भने भारतमा नयाँ प्रणाली विकसित हुन लागेकाले त्यसको असरले नेपालमा पनि पानी पर्न सक्ने उनले बताए ।

यसैबीच आज कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको मौसम आंशिक बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस !
विचार