काठमाडौं । प्रहरीलाई प्रर्दशनकारीविरुद्ध कठोर रुपमा प्रस्तुत हुन निर्देशन दिइएको छ । सरकारविरुद्धको आन्दोलन चर्किनसक्ने सम्भावना रहेकाले गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
अनौपचारिक रुपमा दिइएको निर्देशनमा देशभर हुनसक्ने प्रर्दशनलाई निस्तेज पार्न भनिएको छ । एक उच्च प्रहरी अधिकारीले भने, “पछिल्ला घटनाक्रमपछि मुलुकमा अन्योलको अवस्था छ । कोरोना महामारीका कारण प्रर्दशन त त्यति भएका छैनन् तर भइहाले रोक्नु भन्ने छ ।”
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद विघटन गरेपछि विपक्षी दलहरुले सरकारविरुद्ध आन्दोलनमा उत्रिन आह्वानसमेत गरेका छन् । तर, सुरक्षा निकायले महामारीको बढ्दो त्रासका कारण प्रर्दशनमा कमी आएको निष्कर्ष निकालेका छन् । सरकारी अधिकारीले भने सरकारविरुद्धको आन्दोलन नभई निषेधाज्ञा मिच्ने क्रम बढेकाले कडाई गर्न भनिएको दाबी गर्दै आएका छन् ।