पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन आज सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।
कोरोना कहरका कारण पूर्वराजा शाहले टीका नलगाइदिने उनको सचिवालयले जनाएको छ । अघिल्लो वर्षपनि कोरोनाका कारण पूर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिएका थिएनन् । तर, त्यसभन्दा अघिल्ला वर्षहरुमा भने एकाध वर्ष छाडेर उनले निर्मल निवासमा टीका लगाइदिँदै आएका थिए ।
राजसंस्था अन्त्य भएपछि पनि पूर्वराजाका हातबाट टीका थाप्न निर्मल निवास जानेहरुको संख्या ठूलो हुने गरेको थियो ।





