नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लबका दाजुको निधन भएको छ । विप्लब नेतृत्वको नेकपाको नेता समेत रहेका चन्द्रविक्रम चन्द विरजंगको उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भएको हो ।
चन्द लामो समयदेखि उच्चरक्तचाप, मधुमेह लगायतका रोगबाट पीडित थिए । उनको आजै कपिलवस्तुस्थित शिवराजगढीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । चन्दका दुई छोरा र एक श्रीमति रहेका छन् ।





