Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

भारतसँग भिड्न लागेको नेपाली फुटबल टोलीले लगायो टीका र जमरा


साफ च्याम्पियनसिपको फाइनलका लागि तयारी गरिरहेको नेपाली फुटबल टोलीले माल्दिभ्समा टीका र जमरा लगाएको छ ।
फुटबल टोलीका प्रशिक्षक अल्मुताइरी सहितको टोलीले टीका र जमरा लगाएको हो । अल्मुताइरीले ढाका टोपीमा सजिएर टीका र जमरा लगाएका छन् भने फुटबल टोलीमा रहेका अन्य खेलाडी तथा एन्फाका अधिकारीले पनि टीका लगाएका छन् ।
पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग शनिबार साँझ भिड्दैछ । नेपालले गत बुधबार बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै फाइनल प्रवेश गरेको थियो । यस्तै भारतले माल्दिभ्सलाई ३–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार