Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

आज दिउँसोबाट मेघगर्जन सहित पानी पर्ने सम्भावना


आज दिउँसोबाट वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघगर्जन सहितको वर्षा हुने जनाइएको छ । भारतको आन्द्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपासको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको प्रभावले नेपालका अधिकांश स्थानमा हल्कादेखि मेघगर्जन सहितको वर्षाको सम्भावना रेहको मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
हिमाली क्षेत्रहरुमा हिमपातको समेत सम्भावना रहेका कारण जाडोले सताउँने समेत अनुमान गर्न सकिन्छ


प्रतिक्रिया दिनुहोस !
विचार