राप्रपा अध्यक्ष कमल थापाले दसैं बहिष्कार भन्नेलाई सामाजिक सञ्जालमार्फत गतिलो जवाफ दिएका छन् ।
चिनियाँ र अमेरिकी राजदूतले टीका लगाएको तस्बीर पोष्ट गर्दै थापाले लेखेका छन् : दसैं बहिष्कारको नारा दिएर ‘क्रान्तिकारी’भएको ठान्ने र समाजमा द्वेष बढाउनेहरूले बुझ्नुपर्छ कि दसैं नेपाली पहिचानसँग गाँसिएको पावन सामाजिक सांस्कृतिक पर्व हो।चिनियाँ,अमेरिकी र मुस्लिमहरूले पनि दसैं मनाउँदा हिनताबोध गर्दैनन्।जात र धर्म छोडेको अनुभूति गर्दैनन्। परस्पर सदभाव र एकता कायम गरौँ






